२० पुस ०७४, काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीसगँ भेट गरेका छन् ।
आयोगका पदाधिकारीहरु प्रदेश प्रमुखहरुको नियुक्तिमा विलम्ब भइरहेका बेला राष्ट्रपतिलाई शीतल निवास भेट्न पुगेका हुन् । प्रदेशसभा निर्वाचनको अन्तिम परीणाम आएको सातदिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ ।
तर, सरकारले अझै प्रदेश प्रमुख नियुक्त गरेको छैन । यसबारे सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार ५ दलको बैठक बोलाएका थिए । वाम गठबन्धनका नेताहरुले भने यो सरकारको काम हो भन्दै सहमति दिएनन् ।