१४ साउन ०७४, काठमाडौं । प्रदेश र संसदको चुनावमा भाग लिन निर्वाचन आयोगमा असार मसान्तभित्र दर्ता भएका दलहरुले मात्र भाग लिने पाउने छन् । नयाँ दल दर्ता गरेर भने प्रदेश र संसदको चुनावमा भाग लिन नपाइने भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेर संविधानको धारा २७१ बमोजिम दल दर्ताको निवेदन भदौ ११ गतेभित्र दिन आहृवान गरेको छ । आयोगमा दर्ता भएका दलहरुले पनि प्रदेश र संसदको चुनावका लागि फेरि दल दर्ता गर्ने पर्नेछ ।
आवेदन दिने दलहरुले प्रदेश र संसद वा कुनै एउटा निर्वाचनमा भाग लिन हो खुलाई केन्द्रीय कार्यकारिणी समिति, पदाधिकारीको संख्या, दलको विधान, नियमावली, घोषणापत्रसँगै संगठनात्मक स्वरुपको विवरण पनि बुझाउनु पर्नेछ ।