आयोगले आजबाट परिचयपत्र वितरण गर्दै

८ मंसिर ०७४, काठमाडौं । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको  चुनाव हुने स्थानमा निर्वाचन आयोगले आजबाट मतदाता परिचयपत्र वितरण गरिदैछ ।

गत स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई आयोगले परिचयपत्र वितरण गर्न लागेको हो ।

अायाेगले  मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात साथमा लिएर  सम्बन्धित जिल्लाका  मतदान केन्द्रबाट  ८ र ९ गते लिन अाग्रह गरेकाे छ ।

 

आयोगले नामावली सार्न, सच्याउन निवेदन दिएका मतदातालाई समेत शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रमा गएर परिचयपत्र लिन आग्रह गरेको छ ।

गत स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेकाले भने सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने छन् ।

आयोगले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुको मतदाता परिचयपत्र भने १९ र २० गते वितरण हुने जनाएको छ ।

पहिलो चरणमा ३२ जिल्लामा मंसिर १० गते चुनाव हुँदैछ भने बाँकी जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

तपाइको मत