२९ चैत्र ०७४, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख २ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ ।
आयोगले आगामी बैशाख २ देखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन)पनि सकिनेछ ।













