काठमाडौं । घरपरिवारको कोही सदस्य गम्भीर बिरामी भए आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भनेर सरकारले विपन्न नागरिकका लागि ८ वटा रोगमा औषधि उपचारका लागि सहायता उपलब्ध गराउँदै आएको छ ।
विपन्नले उपचार सहायता प्राप्त गर्नेमा मिर्गौला डायलसिस, मिर्गौला प्रत्यारोपण, प्रत्यारोपणपश्चात उपचार, मुटुरोग, क्यान्सर, टाउको तथा स्पाइनलको चोटपटक, अल्जाइमर/पार्किन्सस र सिकलसेल एनिमिया रोग उपचारका लागि तोकिएको अस्पतालबाट उपचार सहायता पाउन सकिन्छ ।
मिर्गौला डायलसिसका लागि एक पटकको २५ सय रुपैयाँका दरले दुई वर्षसम्म ५ लाख २० हजार सहयोग पाउन सकिन्छ । यसैगरी मिर्गौला प्रत्यारोपणका लागि २ लाख र प्रत्यारोपणपश्चात औषधिका लागि एक वर्षसम्म एक लाख रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ ।
मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर/पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सकिन्छ । यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउन सकिन्छ ।
कसरी पाइन्छ सहयोग ?
उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पूर्जी (प्रिस्किप्सन) लगेर गाबिस वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिस पत्र लिनुपर्छ । सो पत्रका लागि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ ।
क्यान्सरका लागि सरकारले तोकेका अस्पताल
वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल, महाराजगन्ज
विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
प्रसूति गृह, थापाथली, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर
कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं
निजामति अस्पताल, नयाँ बानेश्वर, काठमाडौं
क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर
मिर्गौला रोग उपचारका लागि
वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल, महाराजगन्ज
विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं
नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज
कोशी अञ्चल अस्पताल, विराटनगर
जनकपुर अञ्चल अस्पताल, धनुषा
मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बनस्थली काठमाडौं
नेपालगन्ज मेडिकल कलेज, कोहलपुर
नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौं
युनिभर्सल मेडिकल कलेज, भैरहवा
चितवन मेडिकल कलेज, चितवन
कलेज अफ मेडिकल साइन्सेस, चितवन
मणिपाल मेडिकल कलेज, पोखरा
बि एण्ड बि अस्पताल, ललितपुर
नेशनल डायलसिस सेन्टर, एकान्तकुना, ललितपुर
गोल्डेन अस्पताल, विराटनगर
धुलिखेल अस्पताल, काभ्रे
गण्डकी मेडिकल कलेज, पोखरा
आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
विराट अस्पताल, विराटनगर
मुटु रोगका लागि
वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल/मनमोहन कार्डियो भास्कुलर सेन्टर, महाराजगन्ज, काठमाडौं
गंगालाल अस्पताल, बाँसबारी, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर
कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं
निजामति अस्पताल, नयाँ बानेश्वर, काठमाडौं
पार्किन्सस तथा अल्जाइमर्सका लागि
वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल/मनमोहन कार्डियो भास्कुलर सेन्टर, महाराजगन्ज, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर
टाउको तथा स्पाइनल चोटपटक
वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल/मनमोहन कार्डियो भास्कुलर सेन्टर, महाराजगन्ज, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर
सिकलसेल एनिमिया
निजामति अस्पताल, नयाँ वानेश्वर, काठमाडौं
उपक्षेत्रिय अस्पताल, घोराही, दाङ
महाकाली अञ्चल अस्पताल, महेन्द्रनगर
सेती अञ्चल अस्पताल, धनगढी
भेरी अञ्चल अस्पताल, नेपालगञ्ज
लुम्बिनी अञ्चल अस्पताल, बुटवल
जिल्ला अस्पताल कपिलबस्तु
जिल्ला अस्पताल, बर्दिया
जिल्ला अस्पताल, नवलपरासी
साभार : स्वास्थ खबर पत्रिकाबाट ।