१९ जेठ, मकवानपुर । उपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपालको मकवानपुर क्षेत्र नम्वर दुईको क्षेत्रीय अधिवेशनलाई सम्वोधन गर्दै जनचाहना अनुसार नेताहरु आर्थिक विकास र सम्वृद्धिमा नलागे संविधान टिकाउ नहुने दाबी गरेका छन् ।
‘सात सालमा राजा र जनताको प्रयासमा आएको संविधानपछि आधा दर्जन संविधान फालिएका छन्’ थापाले भने, ‘यो संविधानले पनि जनतामा हाँसो ल्याएन भने जनताले फाल्नेछ ।’
थापाले नेपालमा शान्ति, स्थायीत्व र विकासका लागि राप्रपा नेपाल एक मात्र विकल्प रहेको दाबी गरे ।