इच्छुक स्मृति पत्रकारिता पुरस्कार चित्रनारायणको सम्मानमा सावित्रा श्रेष्ठलाई प्रदान

१३ जेठ ०७४, काठमाडौं । माओवादी निकट पत्रकारहरुले शहीद कृष्ण सेन ‘इच्छुक’को १५औं स्मृति दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम  संयुक्त रुपमा मनाएका छन् ।

IMG_20170527_075416

आज शनिबार नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल, विप्लव माओवादी निकट क्रान्तिकारी पत्रकार संगठन, मोहन वैद्य किरण नेतृत्वको माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल निकट नेपाल प्रेस सोसाइटीले शहीद इच्छुकको १५औं स्मृति दिवस संयुक्त रुपमा मनाएका हुन् ।

Pravatferi

बानेश्वरबाट बिहान ७ बजे सुरुभएको प्रभातफेरी बिजुलीबजार, बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोण सभामा परिणत भएको थियो ।

Takma KC with journalist

कोणसभामा इच्छुकको स्मृतिमा स्थापना गरिएको यस वर्षको ‘कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’  बेपत्ता कलम–योद्धा सिन्धुली पोष्ट साप्ताहिकका तत्कालिन सम्पादक चित्रनारायण श्रेष्ठको सम्मानमा उनको जीवनसंगीनी सावित्रा श्रेष्ठलाई प्रदान गरिएको छ । साथै, पत्रकार दिपेन्द्र रावललाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

IMG_20170527_083156

कार्यक्रममा शहीद ‘इच्छुक’का जीवनसंगीनी तक्मा केसी, पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, प्रेस सेन्टरका उपाध्यक्ष गोविन्द आचार्य लगायत वक्ताहरुले कृष्ण सेन ‘इच्छुक’ले देखाएको बाटोमा अघि प्रतिवद्धता व्यक्त गरे ।

तपाइको मत