इजाजतपत्र नपाएका व्यक्तिले विरामी जाँच्ने गरेको भेटेपछि शिल – पाठक

२४ असार, काठमाडौं । सरकारको अनुगमन टोलीले बालाजु स्वास्थ्य क्लिनिकलाई स्वास्थ्य जाँच इजाजतपत्र नपाएका व्यक्तिले विरामी जाँच्ने गरेको भेटेपछि शिल गरिदिएको छ ।

अनुगमन टोलीले गोंगबुस्थित आराधना हेल्थ केयर सेन्टर प्रालि, ग्राण्डी अस्पतालको गेटमा रहेको सुवजित फार्मेसीलाई पनि शिल गरेको छ, टोलीले बालाजु स्वास्थ्य क्लिनिकमा बिहीबार छापा मार्दा जथाभावी गर्भपतन गराउने गरेको पाइएको थियो ।

आपूर्तिमन्त्री गणेशमान पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताएअनुसार अनुगमनमा अधिकांश मेडिकल तथा क्लिनिकले संस्था दर्ता नगरेको पाइएको छ ।

आपूर्ति मन्त्रालयले खटाएको अनुगमनले छापा मार्दा फार्मेसीमा जथाभावी बेच्न प्रतिवन्ध लगाएको औषधि भेटिएको थियो । अनुगमन टोलीमा औषधि विभागसमेत सँगै खटेको छ ।

तपाइको मत