६ साउन, घोराही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट आएको टोलीले इञ्जिनियर रामदुलारे शरण भगतलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
बिहीबार बिहान जल उत्पन्न नियन्त्रण प्रकोप डिभिजन कार्यालय लमहीका एक इञ्जिनियर रामदुलारे शरण भगतलाई घुससहित उनकै क्वाटरबाट गरेको हो ।
एसपी दिपक थापाका अनुसार भगतको साथबाट एक लाख ५७ हजार रुपैयाँ घुस बरामद भएको छ । भगतमाथि थप अनुसन्धान जारी रहेको एसपी थापाले जानकारी दिए ।
गोबरडिहा गाविस-८ खहरे भालुखोला भन्ने स्थानमा ग्याबिन तार जाली भर्ने कार्यका लागि निजले दर्शन निर्माण सेवा लालमटिया-८ का प्रोपाइटर प्रकाश शाही र निजबाट अख्तियारप्राप्त कल्याण अधिकारीबाट घुस लिएका थिए ।













