१२ मंसिर ०७५, काठमाडौं । उपत्यकाभित्र दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर कलेज प्लसटु फुटसल प्रतियोगिता हुने भएको छ ।
काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै सिजन मिडिया प्रा.लि.ले अन्तर कलेज प्लसटु फुटसल प्रतियोगीता आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा सहभागिताको लागि कक्षा ११ वा १२ मा अध्ययनरत छात्रहरुले ८ जनाको समुह बनाई कलेजको परिचयपत्र, १/१ प्रति पासपोर्ट साइजको फोटो र ७ हजार रुपैयासहित पौष २० गतेभित्र सिजन मिडियाको कार्यालयमा आवेदन फारम भर्न सकिने संस्थाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले जानकारी दिए ।
उक्त प्रतियोगितामा सहभागी भई प्रथम हुनेले एक लाख नगद, ट्रफी, मेडल तथा प्रमाण–पत्र पाउनेछन् भने दोस्रो हुनेले रु ५० हजार नगद ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।
त्यसैगरी तृतीय हुने टिमले रु २५ हजार नगद साथै ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनका साथसाथै उक्त प्रतियोगीतामा बढी गोल गर्ने उत्कृष्ट खेलाडीहरुले रु. ५ हजार नगद तथा सम्मानपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।
उक्त प्रतियोगिताको उद्घाटन पौष २३ गतेबाट हाडिगाउँ स्थित धर्नाेन्तरी फुटसल मैदानमा सञ्चालन हुनेछ ।













