२८ मंसिर ०७४, इलाम । इलामको सदरमुकाम नजिकै तिल्केनीमा ८ राउण्ड गोलीसहित ३ वटा पेस्तोल भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय, इलामले इलाम नगरपालिका – ८ स्थित तिल्केनीको गोरेटो बाटोमा भारतीय कम्पनीका पेस्तोल भेटिएको जनाएको छ ।
प्रहरीकाअनुसार पेस्तोल कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।













