ईपीएलको फाइनलमा भैरहवा, उपाधिका लागि विराटनगरसँग भिड्ने

काठमाडौं । भैरहवा ग्लार्डिटर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ ।

रोहितकुमार पौडेलको आक्रमक पारीसँगै फाइनलमा पुगेको भैरहवा ग्लार्डिटर्स उपाधिका लागि शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुरमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

१३३ रनको लक्ष्य पछ्याएको भैरहवालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो । र, क्रिजमा थिए, रोहित । दिनेश भण्डारीको पहिलो बलमा छक्का हानेका उनले दोस्रो बललाई पनि छक्का हान्दै टाइ गरे ।

अन्तिम बलमा एक रन जोड्दै तीन बल अघि नै उनले जित दिलाए । १७ बलको सामना गरेका उनी २८ रनमा अविजित रहे ।

भैरहवाको सुरुवात औसत रह्यो । ८८ रन जोड्दा ६ विकेट गुमाइसकेको भैरहवाको पारी रोहित पुनित मिश्रले २७ रनको साझेदारी गरे । मिश्र व्यक्तिगत १६ रनमा आउट भए, जतिबेला टिमको स्कोर ११५ रन थियो । रोहितले कृष्ण कार्कीसँग मिलेर टिमलाई जित दिलाए ।

भैरहवाका कप्तान भरद भेषावकर मात्र ९ रनमा आउट भए ।

तपाइको मत