ईपीएस परीक्षाको आवेदन आजदेखि खुला, अनलाइनमार्फत् चैत १७ गतेसम्म भर्न पाइने

८ चैत्र ०७४, काठमाडौं । कोरियामा रोजगारीका  लागि जान चाहनेका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुलेको छ ।

बिहीबारबाट  भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था गरिएको हो । आवेदन भर्दा २४ डलर शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिनेछ ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले फारम भर्ने म्याद चैत १७ गतेसम्म रहेको र १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्नेछन् ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।

यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

तपाइको मत