२७ मंसिर ०७७, काठमाडौं । सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलमा बढाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिस बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको थियो ।
नयाँ मूल्यमा लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको बताइएको छ ।
नेपाल उखु उत्पादक महासंघले भने सरकारले तोकेको उखुको मूल्यप्रति आपत्ति जनाएको छ ।