उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ

११ माघ ०७४, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई  पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बिहिवार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई  पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईं जनकपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याल दिपायलको मुख्य न्यायाधीश र उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा सपथ गराएका हुन् ।

न्याय परिषदेले पुस २० गते चार मुख्य न्यायाधीशको नाम सिफारिस गरेको थियो । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले मुख्य न्यायाधिसको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

तपाइको मत