उच्च अदालतले माग्यो महरालाई थुनामा पठाउने जिल्ला अदालतको प्रतिवेदन

६ मंसिर ०७६, काठमाडौं । उच्च अदालत, पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुको कारणबारे काठमाडौं जिल्ला अदालतको प्रतिवेदन माग गरेको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतका आदेशमा थुनामा पठाइएका महराले त्यस आदेशविरुद्ध बिहीबार उच्च अदालतमा पुनरावेदन गरेका थिए

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा महरा असोज १९ मा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । अदालतको आदेशसँग उनी डिल्लीबजार कारागारमा छन् ।