उद्योगी व्यवसायीहरू खुट्टा तान्ने काम राजनीतितिर छाडिदिनुस- प्रधानमन्त्री

२८ चैत ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बस उत्पादन गर्न चाहनेलाई सरकारले सहयोग गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई विद्युतीय बस उत्पादन उद्योग खोल्न आग्रह गर्दै यस्तो बताएका हुन् ।

लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण बनेको पुष्टि गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता पनि उत्साहित भएको दावी गरे ।

प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक निजी साझेदारी (पीपीपी) मा काम गर्न इच्छुक रहेको बताउँदै पीपीपीका लागि निजी क्षेत्रभन्दा सरकार बढी उदार रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले सरकार पब्लिक प्राइभेट पार्टनरसीपमा काम गर्न सरकार बिल्कुलै तयार छ । त्यसका लागि प्राइभेट सेक्टर भन्दा सरकार बढी उदार छ ।’

प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरूलाई खुट्टा तान्ने काम छोड्न आग्रह गर्दै भने, ‘तपाईंहरु खुट्टा तान्ने काम नगर्नुस् खुट्टा तान्ने काम राजनीतितिर छाडिदिनुस ।’

तपाइको मत