उपकरणको प्रयोगले स्मरणशक्ति कमजोर हुँदै

८ माघ ०७९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणमा बढी भर पर्दै जाँदा स्मरणशक्ति कमजोर हुँदै गएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्न सक्ने खुबी हराउँदै गएको बताउँदै उनले भने, ‘हामी बिस्तारै विस्तारै उपकरणमा अलि बढी भर पर्न थाल्यौँ, त्यसले हाम्रो थाहा पाउने अवस्था कमजोर भयो ।’

मोबाइल नहुँदा उनले आफूलाई ५ सय बढी टेलिफोन नम्बर थाहा रहेको तर मोबाइलको प्रयोगले आफ्नै नम्बर कसैले सोध्यो भने थाहा नहुने भइसकेको पनि बताए ।