उपत्यकाको ट्राफिकलाई सहज बनाउन एसपी र डिएसपी नै फिल्डमा

१३ साउन ०७४, काठमाडौं । उपत्यकाको ट्राफिकलाई सहज बनाउन वरिष्ठ प्रहरी अधिकृतहरु आफैं सडक डिउटीमा खटिन थालेका छन् ।

महानगरिय ट्राफिक प्रहरी महाशाखामा बिहान र साँझ सडकमा धेरै सवारीको चाप हुने बेला मुख्य सडकखण्डमा एसपी, डिएसी र इन्सपेक्टरहरु  आफैं सडकको ट्राफिक व्यवस्थापनमा खटिन थालेका हुन् ।

एसएसपी सर्वेन्द्र खनालले महाशाखाको जिम्मेवारी  सम्हालेपछि सक्रियताका साथ जाम घटाउन सिनियर अफिसरलाई नै फिल्डमा खटाउन थालेका छन् । जसको प्रभाव पछिल्ला दुई दिन उपत्यकाको सडकमा जामको समस्या केही कम भएको छ ।

मुख्य चोकहरुमा ट्राफिक लाइट बिग्रिएकाले ‘स्टप’ तथा ‘गो’ लेखिएका प्लेकार्डको सहायताले ट्राफिक पुलिसिङ सुरु गरिएको छ । हातले रोक्दा तथा जाउ भन्दा अस्पष्ट हुने भएकाले प्लेकार्डको सहायता लिइएको महाशाखाले जनाएको छ ।

तपाइको मत