८ असार ०७७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाबाहिर जानेलाई पनि पास वितरणमा कडाई गरेको छ ।
जिप्रका काठमाडौंले सोमबार जारी गरेको सूचनामा उपत्यकाबाहिर जाँदा क्वारेन्टाइनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गरिने उल्लेख छ ।
अब जुन स्थानीय तहमा जाने हो, सा स्थानीय तहले नियमपूर्वक क्वारेन्टिनमा राख्नेबारे प्रमाणित गरेर पढाएपछि मात्रै पास दिइने बताइएको छ ।
यसअघि गत जेठ ३२ गते प्रशासनले सूचना जारी गर्दै काठमाडौं प्रवेशका लागि यहाँ कुन स्थानीय तहमा बस्ने हो सोही स्थानीय तहको सिफारिस आवश्यक पर्ने उल्लेख गरेको थियो ।
नयाँ सूचनाअनुसार अब बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन हुनेछ भने दिउँसो साढे २ बजेपछि औचित्यताको आधारमा पास वितरण गरिने छ ।