१३ साउन, काठमाडौं । गृहमन्त्रालयले बिहीबार सूचना निकालेर शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको जानकारी दिएको छ ।

गृहमन्त्रालयले बिहीबार निकालेको सूचना
शुक्रबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हो । ललितपुरको जावलाखेल चोकमा रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुने गर्दछ ।
रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने जात्रा हो । भोटो देखाउने अवसरमा राष्ट्रपति लगायत विशिष्ट अतिथिहरुको सहभागीता हुने गर्दछ ।