काठमाडौं उपत्यका प्रवेशमा कडाई, प्रवेश अनुमतिका लागि आरडीटी परीक्षणको रिपोर्ट माग गर्ने

८ जेठ ०७७, काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकास्थित सबै स्थानीय तहरुलाई अत्यावश्यक काममा बाहेक काठमाडौं उपत्यकाको प्रवेशमा कडाई गर्न निर्देशन दिएको छ ।

बुधबार गृह मन्त्रालयले सबै स्थानीय तहलाई दिएको निर्देशनमा काठमाडौं उपत्यका प्रवेश ‘अगमनको श्रोतमै रोक्ने’ भनिएको छ ।

“काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा बढी जनघनत्व भएको काठमाडौ उपत्यका क्षेत्र बढी जोखिममा रहेको देखिदा अत्यावश्यक काममा बाहेक काठमाण्डौ उपत्यका प्रवेश निषेध गर्ने । आगमनको श्रोतमै रोक्ने,” निर्देशनमा भनिएको छ ।

यस्तै मन्त्रालयले उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौ उपत्यका प्रवेश अनुमतिका लागि माग गर्न निर्देशन समेत दिएको छ ।

यसैगरी उक्त निर्देशन पत्रमा “स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी, लगत संकलन र आवश्यक कारवाहीको प्रक्रिया शुरु गर्ने समेत बताइएको छ ।

पूर्णपाठ :