१९ मंसिर ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अन्तर्गतका ५ वटा महाशाखाकाे सम्मेलन सम्पन्न भएको छ । 
उपत्यका विशेष प्रदेशका अध्यक्ष लेखनाथ न्याैपानेले दिएको जानकारी अनुसार शनिबार ६ वटा महाशाखा मध्ये मजदुर, उद्योगी व्यावसायी, युवा, पेशागत र विद्यार्थी महाशाखाकाे सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । 
पत्रकार-सांस्कृतिक महाशाखाकाे सम्मेलन मंसिर २२ गते सम्पन्न हुने बताउँदै अध्यक्ष न्याैपानेले निर्वाचित अध्यक्षहरु, पदाधिकारी र सबै सदस्यहरुलाई हार्दिक बधाई साथै सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने आयाेजक, प्रतिनिधि, स्वयंसेवक र निर्वाचन समितिलाई हार्दिक धन्यवाद समेत दिएका छन् । 
उनले सम्मेलनबाट मजदुर महाशाखामा धनबहादुर विककाे अध्यक्षतामा ६५ सदस्यीय, उद्योगी व्यावसायी महाशाखामा अमिर गुरुङकाे अध्यक्षतामा ६५ सदस्यीय, युवा महाशाखामा नवीन खड्काकाे अध्यक्षतामा ६५ सदस्यीय, पेशागत महाशाखामा हरिबहादुर रावलकाे अध्यक्षतामा ६५ सदस्यीय र विद्यार्थी महाशाखामा उत्तम अधिकारीकाे अध्यक्षतामा ६५ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएकाे पनि जानकारी दिएका छन् ।













