२७ कार्तिक ०७६, काठमाडौं । मंसीर १४ मा हुन लागेको उपनिर्वाचनको स्थानीय तहको उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
निर्वाचन आयोगले निर्वाचन तालिका अनुसार बुधबार स्थानीय निकायमा रिक्त रहेका विभिन्न पदमा मनोनयन दर्ता सम्पन्न भएको हो ।
उपनिर्वाचन अन्तरगत ४ स्थानीय तहको प्रमुख, १ स्थानीय तहको उपप्रमुख तथा ४२ वडामा अध्यक्षको लागि निर्वाचनका लागि मनोनयन दर्ता भएको छ ।













