१६ मंसिर ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ५२ स्थानमा भएको उपनिर्वाचनको अन्तिम मत परिणाम आउँदा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ ।
सोमबार उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा र तीन गाउँपालिका अध्यक्षसहित ३० स्थानमा जित निकाल्न सफल भएको हो ।
नेपाली कांग्रेस एक प्रदेशसभा सदस्य र धरान उपमहानगरको मेयरसहित १३ स्थानमा विजयी भएको छ ।














