६ कार्तिक ०७५, काठमडौं । चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल त्यसतर्फ प्रस्थान गरेका छन्
चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि रक्षामन्त्री मंगलबार गएका हुन् ।
मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन र्ने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।
भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ ।
विश्वका करिब एक सय मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेना प्रमुखको उपस्थिति हुनेछ ।













