उपराष्ट्रपतिले लगाए भाइटीका

२३ कार्तिक ०७५, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन् ।

उपराष्ट्रपति पुनले उपराष्ट्रपति निवास कपुरधारामा बहिनीहरुसँग भाइटीका लगाएका हुन् ।

उपराष्ट्रपति पुनलाई आफ्नो एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहेकाले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाइ दिएको उनका प्रेस सल्लाहकार मनोज घर्तीमगरले जानकारी दिए ।

भाइटीका लगाइसकेपछि उपराष्ट्रपति पुन निवासमै खानपिन गरेर रमाइलो गरेका थिए ।

तपाइको मत