२७ फागुन ०७४, काठमाडौं । प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन चैत २ गते शुक्रबार हुने भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकले उपसभामुखको मिति तोकेको हो ।
सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए । उम्मेदवारी दर्ताको समय १ गते तोकिएको छ ।













