उपसभामुखमा रास्वपाकी सांसद इन्दिरा राना निर्वाचित

७ माघ ०७९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन् ।

शनिबार भएको उपसभामुख निर्वाचिनमा इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ रहे ।