२ चैत्र ०७४, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् ।
शुक्रबार संसद बैठकमा भएको मतदानका आधारमा तुम्बाहाम्फे २०१ मतसहित निर्वाचित भएकी हुन् । तुम्बाहाम्फेले उपसभामुख पदमा वाम गठबन्धनबाट उम्मेदवारी दिएकी थिइन् ।
उनका प्रतिस्पर्धी काँग्रेसकी पुष्पा भुसालको पक्षमा ५८ मत परेको थियो ।













