
८ माघ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा रहेको गठबन्धनबाट आदिवासी जनजातिसम्बद्ध नेताहरुले औपचारिक रुपमै बाहिरिने बताएका छन् ।
गठबन्धनका प्रवक्ता तथा जनजाति नेता डा. ओम गुरुङले बिहीबारको बैठकमा औपचारिक रुपमै बाहिरिने बताएका हुन् ।
बिहीबार संघीय गठबन्धन र नयाँ शक्तिकाे संयुक्त बैठकमा गुरुङले आदिवासी जनजातिहरु संघीय गठबन्धनमा बस्न नसक्ने प्रस्ताव राखेकाे भए पनि उनको प्रस्तावलाई गठबन्धनका यादवले भने अस्वीकार गर्दै मिलेर जान आग्रह गरेका थिए ।