उषा राईको हत्यामा संलग्न भएको अरोपमा चार जना पक्राउ

२० मंसिर ०७९, विराटनगर । प्रहरीले धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीय उषा राईको हत्यामा संलग्न भएको अरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बा रहेकी छन् ।

उर्मिलाले स्थानीय जनजागृती आमा समूहका सदस्यलाई बोलाएर कुटपिट गर्दा उषा गम्भिर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय धरानले कुटपिटमा संलग्न रहेका फरार अन्यको खोजी भइरहेका बताएको छ ।