१७ कार्तिक ०७५, काठमाडौं । ऊर्जामन्त्री बर्षमान पुन अस्पताल भर्ना भएका छन् ।
शुक्रबार राति छातीमा अचानक समस्या आएपछि मन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका उनका प्रेस सल्लाहकार रोशन खड्काले जानकारी दिए ।
उर्जामन्त्री पुनले २०७२ सालमा जन्डिस बिग्रिएपछि लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका थिए ।













