२४ असार ०७७, काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीको आज असार २४ गते उमेरका कारण अवकास हुने भएसँगै मंगलबार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले थापालाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
महानिरीक्षक पदका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल प्रतिस्पर्धामा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई आईजीपी बनाउने निर्णय गरेको हो । थापा नेपाल प्रहरीको २८ औँ महानिरीक्षक भएका छन् ।
आईजीपी थापाले २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।













