एकै पटक ७६ सहसचिवको सरुवा

९ भदौ ०७६, काठमाडौं । सरकारले एकै पटक ७६ सहसचिवको सरुवा गरेको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले संघ अन्तर्गतका वरिष्ठ सहसचिवलाई प्रदेश सचिवको रुपमा खटाउने निर्णय गरेपछि उनीहरूको सरुवा गरिएको हो ।

सरुवा हुनेमा प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिव प्रदेश सचिवमा सरुवा भएका छन् ।

उनीहरुलाई विशेष सुविधासहित खटाइएको छ । उनीहरुले खरिदारसरहको निजी सचिव पनि पाउने संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भुषालले जानकारी दिए ।

तपाइको मत