७ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना कोरोना संक्रमितको मृत्यु भएको बताएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका ५ मैनडाँडा ६९ वर्षीय पुरुषको मृत्यु भएको बताएका हुन् । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ ।
ती पुरुष प्यारालाइसिस उपचारको लागि भारत गएको र यही जेठ २५ गते नेपाल आएको होम क्वारेन्टाइनमै रहेको साथै निजको असार ५ गते घरमै निधन भएको डा. गौतमले बताए ।
उनले असार ५ गते नै स्वाब संकलग गरेर प्रदेश प्रयोगशाला भैरहवा पठाइएकोमा ६ गते कोरोना पुष्टि भएको बताए । साथै, उनको शव नेपाली सेनाको सहयोगमा असार ६ गते नै व्यवस्थापन गरिएको पनि बताए ।













