३१ बैशाख ०७७, एजेन्सी । स्पेनमा ११३ वर्षीया महिला कोरोना भाइरसबाट मुक्त भएको बताइएको छ ।
मार्च महिनामा स्पेन लकडाउनमा जाँदा कोभिड–१९ को संक्रमणको पुष्टि भएकी मारिया ब्रान्यासलाई आइसोलेशनमा राखिएको थियो ।
अधिकारीहरुले केही सातापछि निको भएको बताएका छन् । उनले सन् १९१८–१९ को स्पेनिस फ्लुको महामारी र १९३६–१९३९ सम्मको स्पेनिस गृहयुद्ध हुँदै २०१९ को कोरोना भाइरसको प्रकोपमा थलिए पनि कोरोनालाई समेत जितेकी छन् ।
“हजूरआमा निको हुनुहुन्छ, बोल्न र वर्णन गर्न चाहनुहुन्छ र उहाँ फेरि फर्किनुभएको छ ।” बीबीसीले उनकी छोरीलाई उदृत गर्दै लेखेको छ ।