६ मंसिर ०७४, काठमाडौं । सरकारले एशियाली विकास बैंक(एडीबी) ले दिने भनेको १ सय ५० मिलियन डलर सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकले सहायता बापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकले सरकारका नियमित प्रशासनिक केही निर्णय पनि गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए।













