२७ असोज ०८१, भारत । मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा शनिबार राति एकजना नेताको गोली हानेर हत्या भएको छ ।
कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको गोली हानेर हत्या भएको हो ।
छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो ।
कांग्रेसमा ४८ वर्षदेखि आवद उनी यसै वर्षको फेब्रुअरी महिनामा एनसीपीमा प्रवेश गरेका थिए ।
भारतीय मिडियाहरुका अनुसार उनको हत्याको घटना अनुसन्धानको क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।