१३ असार, काठमाडौं । कम्युनिस्ट न्यूक्लिअसका संयोजक हेमन्तप्रकाश ओलीले आफ्नो आरोपलाई झुट सावित गर्न एनसेलको लुटलाई कानुनको दायरामा ल्याउन र कार्वाही गरेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनौति दिएका छन् ।
देशभक्त संघीय जनवादी मोर्चाले आइतबार संवाद डबलीमा आयोजना गरेको ‘एनसेल वास्तविकता र भ्रम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक ओलीले बहुराष्ट्रिय कम्पनी एनसेलले प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई किनेको आरोप लगाएका हुन् ।
‘मेरो आरोपलाई झुट सावित गर्न एनसेलको लुटलाई कानुनको दायरामा ल्याउन प्रधानमन्त्री ओली र प्रचण्डले एनसेललाई कार्वाही गरेर देखाउन सक्नुपर्छ’ ओलीले अगाडि भने, ‘“यो पुष्टि हुन धेरै दिन लाग्ने छैन, उनीहरुले एनसेललाई बचाउन जुन हर्कत देखाएका छन् त्यो एक दिन पर्दाफास हुनेछ ।
एनसेलले ५३ अरब राज्यलाई नतिर्दा समेत चुपचाप बस्ने तर जनताले किन ठगिस् भन्दा अपराधीलाई जस्तै सुरक्षाकर्मी परिचालन गर्ने कार्यले उनीहरुलाई एनसेलले किनेको ओलीले दाबी गरे ।