एन्ड्रोइड मोबाइल प्रयोगकर्ता राहदानीको फर्म भर्न विभाग जानु नपर्ने

form1

१२ पुस, काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भिड व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगमा ध्यान दिएको विभागले अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था रहेकै बेला पछिल्लो समय मोबाइल एपबाटै आवेदन दिने व्यवस्था गर्न लागेको छ ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले आगामी सातापछि प्ले-स्टोरमा गएर ‘नेपाली पार्सपोर्ट’ एप्स डाउनलोड गर्न सक्नेछन् । उक्त एपलाई इन्स्टल गरेर ओपन गरेपश्चात राहदानीका लागि आवेदन फार्म भेटिने मन्त्रालयले जनाएको छ ।

form4-fillablejb11

उक्त एप प्रयोगमा ल्याउनका लागि अन्तिम तयारी भैरहेको विभागका सूचना अधिकारी रामप्रसाद सुवेदीले बताए । उनले आवेदन कर्ताले अनलाइन फार्ममा जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्ने बताउँदै विवरण भरे लगत्तै एपबाटै भरिएको विवरणमा औँठाछाप लगाउने, प्रत्यक्ष फोटो खिच्ने र हस्ताक्षर गर्नका लागि समय र बारकोड नम्बर प्राप्त हुने बताए ।

त्यसलाई सुरक्षित राखेर हस्ताक्षर गर्न, फोटो खिचाउन, औंठा छाप लगाउन तोकिएको समयमा राहदानी विभाग पुग्नु पर्ने हुन्छ ।

अनलाइन फारम मोबाइलबाट भर्न अप्ठेरो भएपछि मोबाइल कर्ताहरुको सुविधाका लागि विभागले एप नै बनाएर सेवा वितरणमा सहजता ल्याउन लागेको हो ।

तपाइको मत