२४ मंसिर ०७४, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएर काठमाडौं ९ (क) मा कांग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका इन्द्रमान तुलाधर पराजित भएका छन् ।
तुलाधर एमालेका अजयक्रान्ति शाक्यसँग पराजित भएका हुन् ।
शाक्यले ९ हजार ५३१ मत पाएका छन् भने तुलाधरले ७१९३ मत पाएका छन् ।













