१० साउन ०७७, पश्चिम नवलपरासी । जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित रतनगंजबाट सशस्त्र प्रहरी बल (एपीएफ) टोलीले करिब १७ लाख रुपैयाँको अवैध चौपाया बरामद गरेको छ ।
गएराति (शुक्रबार) एपीएफ टोलीले भारतबाट अवैधरुपले नेपालतर्फ ल्याएर लुकाई छिपाई राखेको अवस्थामा ८५ वटा खसी बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीकाअनुसार सशस्त्र प्रहरी बल, नम्बर २६ गण पश्चिम नवलपरासी र अस्थायी सुरक्षा बेस कालिनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सबै चौपाया स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।