२५ माघ ०७४, काठमाडौं । महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई पक्राउ गरेको छ ।
बिहीबार अहमद लारीलाई उनको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो । लारीले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सल भित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागुऔषध भेटिएपछि उनी फरार थिए ।
लारी नेपाल प्रहरीको मस्ट वान्टेड सूचीमा थिए । उनले केही दिनअघि मात्रै सर्वोच्च अदालतबाट एभरेष्ट होटेलको स्वामित्व सम्बन्धी मुद्दा जितेका थिए ।