एमडीएमएस तत्काल लागू नगर्न प्रधानमन्त्रीको निर्देशन

१५ पौष ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्न निर्देशन दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने बताएको थियो तर जनस्तरबाट व्यापक विरोध हुनुका साथै विदेशबाट नो रेमिटेन्सको ह्यासट्याग अभियान नै सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागू नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरण स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएसँगै विदेशबाट मोबाइल ल्याउन तत्काल कडाइ नहुने भएको छ ।