एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । त्रि.वि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले दोश्रो पटक लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ ।

आईओएमद्धारा सार्वजनिक भएको नतिजा अनुसार प्रवेश परीक्षामा कुल ४६ प्रतिशत उत्तीर्ण भएका छन् ।

आईओएमका अनुसार पुनः परीक्षामा कुल सात हजार २९८ परीक्षार्थी सहभागी भएका थिए । त्यसमध्ये ३ हजार २९८ नेपाली तथा ३३ विदेश परीक्षार्थी उत्तीर्ण भएको आईओएम परीक्षा समिति संयोजक तथा सहायक डीन प्रा.डा. राजेन्द्र गुरागाईले जानकारी दिए ।

परीक्षामा एक हजार ६७२ जना (करिब १८ प्रतिशत) परीक्षामा अनुपस्थित रहेको आईओएमले जनाएको छ ।

आईओएमका अनुसार यस पटकको प्रवेश परीक्षामा विदेशीतर्फ २९९ जनाले आवेशदन दिएकोमा त्यसमध्ये २०१ जनाले परीक्षा दिएका थिए ।
परीक्षा दिने विदेशीमध्ये जम्मा १६.५ प्रतिशत परीक्षामा उर्तीण रहेको आईओएमले जनाएको छ ।

आईओएमले गत असोज २८ गते लिएको एमबीबीएस्को प्रवेश परीक्षामा इलेक्ट्रोनिक डिभाईसद्धारा चिट चोरेको पाइएपछि आईओएमले उक्त परीक्षा रद्द गरी गत मंसिर १६ गते पुनः परीक्षा लिएको थियो ।

तपाइको मत