एमसीसीका नाममा राजनीति भएको प्रधानमन्त्री देउवाको भनाई

२२ भदौ ०७८, काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीका नाममा राजनीति भएको बताएका छन् ।

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले देश विकासका लागि ल्याउने अनुदानको कुरामा राजनीति भएको बताएका हुन् ।

‘हामीले विश्व बैंक र एसियन बैंकबाट ब्याजमै मोटो रकम ऋण लिइरहेका छौं । तर, एमसीसी अनुदान हो । यो विकासका लागि दिइएको अनुदान हो,” देउवाले भने “यसमा धेरै राजनीति गर्न खोजियो । त्यो आवश्यक छैन ।”

अझ अघिबढेर प्रधानमन्त्री देउवाले एमसीसी देश विकासका लागि ल्याउने अनुदान भएको बताउँदै ऋण घटाउने हुँदा एमसीसी गर्नुपर्नेमा जोड दिएको कांग्रेस  सचेतक पुष्पा भुसालले बताइन् ।