६ फागुन ०७८, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा माओवादी सहमत नभए गठबन्धन नरहने बताएका छन् ।
शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चल्छ नत्र यो गठबन्धन चल्दैन ।’













