२६ भदौ ०७८, काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र अर्थमन्त्री जनार्दन शर्मा बीच भेटवार्ता भएको छ ।
शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता भएको अर्थमन्त्री सचिवालयले जनाएको छ ।
यसअघि सुमारले एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतसँग भेट गरिसकेकी थिइन् ।
अर्थमन्त्री शर्माको सचिवालयका अनुसार सुमारले मनी शर्मालाई एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन् भने अर्थमन्त्री शर्माले यो विषय छलफलमा रहेको बताएका छन् ।