११ माघ ०७६, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मिलेनियम च्यालेन्ज (कर्पोरेशन) एमसीसीका बारेमा अमेरिकी दूतावासले हिन्द प्रशान्त रणनीति नरहेको भन्दै विज्ञप्ति जारी सकेकाले विवाद जरुरी नरहेको बताएका छन् ।
दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगे गृहमन्त्री थापाले केही प्रावधानलाई संशोधन गरेर एमसीसी सम्झौता पारित गर्नु पर्ने बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ‘एमसीसी ठीक छैन् र छ’ को बहस चलिरहेकै बेला नेकपाका नेता समेत रहेका मन्त्री बादलले नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने पनि बताए ।
गृहमन्त्री थापाले भने, ‘एमसिसी सम्झौतामा कर्मचारी राख्नेदेखि लेखा परीक्षणलगायत विभिन्न प्रावधानहरुमा अमेरिकाको निर्णय मान्नुपर्ने बाध्यता जस्ता कुराहरु संशोधन हुनुपर्छ ।’
उनले नेकपाको स्थायी समितिले हिन्द प्रशान्त रणनीति एमसीसीमा समेटिए सो सम्झौतामा सहभागी नहुने र त्यसको कार्यान्वयन नगर्ने स्पष्ट पारे ।
चीनले नेपालको पूर्वाधार, जलविद्युत, राजमार्ग, सञ्चारलगायत क्षेत्रमा लगानी गर्न बिआरआईमार्फत् रु ६० अर्ब बजेट लगानी गर्ने भएको भन्दै गृहमन्त्री थापाले लिम्पियाधुरा समस्या हल गर्न भारतसँग कूटनीतिक पहल भइरहेको जानकारी गराए ।













